काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष संजय सिग्देलले लागुऔषध दुब्र्यसनीले प्रयोगगर्ने औषधी मेडिकलहरुमा पाउने गरेको बताएकाछन ।
केहिदिन देखि वडा क्षेत्रमा रहेका पसलहरुको अनुगमनमा निस्कियका सिग्देलले मंगलबार दाउराडिपो,कृष्णमन्दिर क्षेत्रमा रहेका पसलहरुको अनुगमनको सिलसिलामा यस्तो बताएका हुन ।यद्धपी त्यस्ता पसललाई कानुनी दायरामा भने ल्याईएको छैन ।चन्द्रागिरि नगर क्षेत्रमा गत साता देखि लागुऔषध बिरुद्धको महाअभियान संचालन भइरहेको अबस्थामा वडाध्यक्ष सिग्देलको भनाईले महाअभियानको प्रभाबकारीता कम भएको तर्फ संकेत गर्दछ । बन्दकोठा भित्र तमझामका साथ गरिएको महाअभियानको औपचारीक उदघाटन र नगर क्षेत्रको वास्तबिकता बिचको खाडल उनको अभिव्यक्तिले दर्शाएको छ ।
वडाध्यक्ष सिग्देलले दाबी गरे अनुसारको लागुऔषध दुब्र्यसनीले प्रयोगगर्ने प्रतिबन्धित औषधी मेडिकलहरुमा बिक्रिबितरण गरेको तथ्यलाई चन्द्रागिरि नगरक्षेत्रमा सक्रिय प्रहरी बृत्त,प्रभागहरु,लागुऔषध व्युरोका प्रतिनिधीले तत्काल कानुनी दायरामा ल्याउनु पर्छ । सरोकारवाला निकायको ध्यानजावस ।

