काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको हो । एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका सङ्क्रमितहरु निको भएर घर गइसकेका छन ।विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ । अहिले देखिएको कोरोना सामान्य रुघाखोकी जस्तै भइसकेको विशेषज्ञहरुले बताएका छन । नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञले बताएका छन यद्धपी ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन भने आग्रह गरिएको छ ।
नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखिएको छ भने सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ ।

