काठमाडौं । महांकाल ब्याडमिन्टन क्लबले नेपाल फुल कन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
बुधबार महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजित एक कार्यक्रमका बिच क्लबका संस्थापक अध्यक्ष देवेन्द्र महत सहितले श्रेष्ठलाई सम्मान गरेको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा श्रेष्ठले खेल क्षेत्रबाट नगरबासीलाई गौरवान्वित बनाएको र तिन दशक भन्दा बढी समयदेखि खेल क्षेत्रमा पुर्यायको योगदानको कदर गर्दै सम्मान गरेको क्लबका हालका अध्यक्ष श्रीहरी थापाले बताए ।
२०६५ सालदेखि काठमाडौं जिल्ला खेलकुद विकास समितिमा सहायक प्रशिक्षक (सिनियर, फुल कन्ट्याक्ट कराते) पदमा कार्यरत रहेका श्रेष्ठले २०८२ जेठ १ गतेबाट नेपाल फुल कन्ट्याक्ट करातेको ‘मुख्य प्रशिक्षक’ को जिम्मेवारी पाएका हुन ।

