काठमाडौं । चन्द्रागिरिका युवा,सगरमाथा आरोही बिधान श्रेष्ठ आफ्नो घर चन्द्रागिरि –९ मच्छेगाँउ आईपुगेका छन ।

जेठ ५ गते बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका बिधान चन्द्रागिरि नगरक्षेत्रबाट सगरमाथा चढने पहिलो ब्यक्ति हुन । सगरमाथा आरोहणको ७२ बर्ष पछि चन्द्रागिरिको पाइला सगरमाथा पुगेको हो । ८८४८ दशमलव ८६ मिटर उचाईको सगरमाथा बिधानले न्युयोर्क देखि सगरमाथा शिखर सम्म केवल ३ दिन २३ घण्टा ७ मिनेटमा यात्रा पुरा गरेका हुन । यो संगै उनी विश्व रेकर्ड परियोजनाको हिस्सा भएका छन । श्रेष्ठले सफल आरोहण गरेको शुभ अवसरमा उनको सम्मानमा चन्द्रागिरि नगर क्षेत्रमा बाजागाजा सहित बधाई तथा स्वागत गरिएको हो ।

त्यसोत आफु सगरमाथा बेस क्याम्प सम्म जान लागेको र चिन्ता नलिनु है भन्दै हिडेको बिधानको माता सूर्यकुमारी श्रेष्ठ बताउछिन । सगरमाथाको आरोहण गरेको उनले सामाजिक संजाल मार्फत थाहा पाएकी हुन ।बच्चादेखिनै करुणा भावको बिधान सामाजिक कार्यमा निक्कै सक्रिय रहने गरेको उनी सम्झन्छन । उनी भन्छिन “गर्व लागेको छ बिधान अब चन्द्रागिरिको छोरा भयो देशको छोरा भयो ।“आरोहि बिधानले सम्मानका लागि उपस्थित सबैलाई धन्यबाद दिदै सानो छदाँ टिभीमा देखेको सगरमाथा कुनै दिन आफु पनि चढने संकल्प गरेको र यत्ति छिट्टै सपना पुरा भएको भन्दै चन्द्रागिरिको पहिलो आरोहि भएको थाहा पाए पछि समस्त चन्द्रागिरिलाईनै सगरमाथा आरोहण गराएको अनुभुति भएको भन्दै गर्व लागेको बताए ।

नेपाल सास्कृतिक कला मन्दिर चन्द्रागिरि ९ मच्छेगाँउले उनको सम्मानको कार्यक्रम गरेको हो ।बिधानका बुबा बसन्त श्रेष्ठले बिधानको साहासीक कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको लागि आशीर्वाद दिए । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुँईटेलले नगरपालिकाले बिधानलाई विशेष सम्मान गर्ने जानकारी दिए ।

https://www.facebook.com/61561764635178/videos/1491727828656417/

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तमबहादुर राउतले बिधानको उचाई चन्द्रागिरिका लागि सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेन्जिङ्ग नोग्रे र एडमण्ड हिलारी बराबरको भएको बताए ।सन २०१६ मा भारतको लद्दाखमा एक घाईते आरोहिको सफल उद्धार गरेपछि उनको चर्चा अन्तराष्ट्रिय स्तरमा समेत चुलिएको हो । फल स्वरुप भारतको प्रसिद्ध टेलिभिजन च्यानल एमटिभीको सो एमटिभी रोडिजले बिधानलाई द रियल हिरो भनि सम्मान समेत गरेको छ । उनलाई आज चन्द्रागिरि –१५ स्थित विष्णुदेवी मन्दिरबाट बिशेष कार्यक्रम गरि चन्द्रागिरि–९ मच्छेगाउँ क्षेत्र परिक्रमा सहित तल्लो डबलीमा सम्मान गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय