काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज मंगलबारबाट उपत्यका जागरण अभियानको सुभारम्भ गर्दैछ ।
चन्द्रागिरिको एक पार्टी प्यालेसमा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” ले अभियानको सुभारम्भ गर्दैछन ।पार्टीलाई जनतासँग जोड्न काठमाडौं उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिन लागिएको हो ।अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने माओबादी केन्द्रको विश्वास छ ।पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको र जनताको सेवकका रुपमा स्थापित छौं भन्ने सन्देश दिन अभियान महत्वपूर्णहुने बताइएको छ ।
पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको दाबी साथ हौसियको माआबादी केन्द्रले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको भन्दै अभियानलाई पार्टी र जनता बिचको दुरी कम गर्ने कसिको रुपमा लिएको छ ।

