काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित महांकाल मन्दिर को नजिकै सरस्वती विद्या आलोक निकेतन स्कुल (स्वान) बन्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले बुधबार बिहान एक कार्यक्रमका बिच स्कुलको निर्माणाधिन भवनको शिलान्यास गरेका हुन । कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यमा निर्माणाधिन बिद्यालयले देश भरिबाट र अन्तराष्ट्रिय क्षेत्रबाट पनि पठनपाठन गर्न आउने सक्ने वाताबरण श्रृजना हुने बिश्वास व्यक्त गरे । उनले भने ‘नगर क्षेत्रमा संचालीत सामुदायीक संस्थागत बिद्यालयहरुबाट अथक मेहनत प्रयास भइरहेको अवस्थामा नयाँ बन्न लागेको स्कुलले आर्थिक गतिबिधी परिचालन हुनुका साथै यस क्षेत्रको बिकासमा पनि महत्वपूर्ण भुमिका रहेने छ’ । ‘बिद्यार्थीका लागि आफ्नो रुचि अनुसारको र नयाँ र उत्कृष्ठ बिषयहरु समाबेस गरेर पठनपाठन गराउने भएकाले अन्तराष्ट्रिय तथा देशभरबाटै चन्द्रागिरि नगरपालिकाको यस स्थानमा पढन आउन सक्ने वाताबरण श्रृजना हुने हुदाँ नगरपालिकालाई शैक्षिक केन्द्रको रुपमा बिकास हुन महत्वपूर्ण भुमिका रहने छ’,उनले भने ।स्कुल संचालक कर्णबहादुर शाहीले एक बर्ष भित्र स्कुल भवन निर्माण भइसक्ने र संचालनमा आउने बताए ।
एक हजार भन्दा बढी बिद्यार्थी क्षमताको भवन निर्माण हुन लागेको जानकारी गराउदै शाहीले ए लेभल देखि आईबि करिकुलम समेतको प्रशिक्षण लिएका शिक्षकहरुबाट स्कुल लेवलका कक्षा १२ सम्मको पढाई संचालन हुने बताए । स्कुल भौगौलिक र प्राबिधिक रुपमा नमुना बिद्यालयको रुपमा रहने उनको दाबी छ ।

