काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित ब्राईट फ्युचर माध्यामिक विद्यालयले विधान श्रेष्ठलाई सम्मान गरेको छ ।
शुक्रबार विद्यालय प्रङ्गणमा चन्द्रागिरि नगर क्षेत्रबाट पहिलो पटक विश्वको सर्बोच्च शिखर सगरमाथाको आराहण गर्ने श्रेष्ठलाई सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रिय सभा सदस्य,नेपाली काग्रेसका प्रमुख सचेतक, कृष्णबहादुर रोकायाले नेवाःसमुदायमा जन्म लिई शिखर चुम्न सफल श्रेष्ठ नेपाली युवाहरुका लागी गर्वको बिषय तथा युवाहरुको शान भएको बताए । उनले सफलता चुमेका व्यक्तित्वलाई राज्यले उपेक्षा गर्ने गरेको बताउदै राज्यले खेलाडी,श्रृजनसिल व्यक्तित्व र सफल युवाहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले श्रेष्ठलाई राज्यले सम्मान गर्ने अवस्थाको श्रृजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । बागमती प्रदेश सभा सदस्य केशव पोखरेलले विधानले गौरवपूर्ण कार्य गरेको भन्दै चन्द्रागिरि नगरपालिका क्षेत्र पनि सगरमाथामा पुग्यो भन्ने स्थिती बनेको बताए । नेपालको समृद्धी पर्यटन क्षेत्र भएको बताउदै उनले वातावरण र जलबायु परिवर्तनको क्षेत्रमा अनवरत लागि रहन श्रेष्ठलाई आग्रह गरे । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नगर र नगरबासीको शिर उचो राख्न श्रेष्ठले खेलेको भुमिकालाई आत्मसाथ गर्दै आगामी दिनमा नगरपालिकाले जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा ब्राईट फ्युचर माध्यामिक विद्यालयका प्रिन्सीपल दयाराम थापाले बिद्यार्थीलाई जिवनमा एउटा त्यस्तो काम गरौं जस्ले यो समाज र राष्ट्रले सम्झिरहोस भन्ने प्रेरणाको रुपमा विधान श्रेष्ठ रहेको बताए । समाजका लागि राम्रो काम गर्ने, समाजलाई नयाँ दिशा दिने बाटो देखाउनेलाई सम्मान गरेर राम्रा कुराको थालनी गर्नु पर्छ भन्ने सन्देशका लागि पनि सम्मान कार्यक्रम गरेको जानकारी दिए । ब्राईट फ्युचर माध्यामिक विद्यालय का अध्यक्ष मोहनकुमार कार्कीले विधानको योगदानलाई राष्ट्रले समेत सम्मान गर्नु पर्ने मान्यताका साथ सरोकारवालाहरुलाई निम्त्यायर कार्यक्रम गरेको बताउदै छिट्टै विधानलाई राष्ट्रिय सम्मानकालागि पहल गर्न सबैलाई अनुरोध गरे ।आरोही विधान श्रेष्ठले बच्चामा देखेको सपना सार्थक बनाउन धेरै त्याग,संघर्ष गरेको बताउदै अझै धेरै ठुला ठुला सपना पुरा गर्न बाँकी रहेको बताए । अनुशासनले नै लक्ष्य प्राप्ती हुने भन्दै सबैको जिवनमा एक किसिमको सगरमाथा हुने बताए र त्याग र समर्पणले सगरमाथाको उचाई छुन सकिने उनले बताए । कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष राजभाई महर्जनले विधानका कारणले पनि चन्द्रागिरि नगरक्षेत्र परिचित हुन गएको भन्दै थप सफलताको शुभकामना दिए । त्यस्तै वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुँईटेलले बिद्यार्थीका लागि विधान प्रेरणाको श्रोत भएको बताए ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तमबहादुर राउतले ब्राईट फ्युचर लगायतका स्कुलले विधानको अनुभव,धैर्यता र उर्जा सम्बन्धी कक्षा संचालन गर्न सके अहिलेका किशोर किशोरीमा सकारात्मक उर्जा प्राप्त हुने सुझाव दिए ।

