काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्न एमालेसँग अनुमति लिइरहनुपर्ने नपर्ने बताएकी छन ।मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।उनले भनिन्,‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ । चिनजान पनि ठूलै छ । पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो । राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि म पार्टीमा सक्रिय थिएँ ।
अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार, आकांक्षा बुझ्नु मेरो कर्तव्य हो । नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।’

