काठमाडौं । चन्द्रागिरि नृत्य कलाकर्मी संघले चन्द्रागिरि नगरक्षेत्रमा रहेका खेलाडी तथा संचारकर्मीलाई सम्मान गरेको छ ।

चन्द्रागिरि –२ स्थित एक क्याफेमा संघले र नगरपालिका भित्र रहेको पुर्व खेलाडी,सिनियर खेलाडी र खेलाडी हरूलाई छनौट गरि सम्मान गरेको हो ।सम्मान कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नृत्य कलाकर्मी संघले गरेको यस्ता कार्यक्रमलाई नगरपालिकाले पनि अनुसरण गर्दै जाने बताए । खेल क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्यायका नगरपालिकाका बासीन्दाका व्यक्तित्वहरुको उच्च सम्मान गर्दै नगरपालिकाले पनि प्रकृयागत र क्रमागतरुपमा सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।सम्मानित व्यक्तित्वका क्रियाकलापहरुलाई आगामी पुस्ताले पनि अनुसरण र अनुकरण गर्न प्ररित गर्ने नगरप्रमुख गिरीको विश्वास छ ।

चन्द्रागिरि नृत्य कलाकर्मी संघले चन्द्रागिरि नगरपालिकाका वडा नम्बर १ देखि १५ सम्मका खेलाडी र नगरपालिका बासी पर्बतारोही बिधान श्रेष्ठलाई सम्मानपत्र सहित सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नम्बर १ का दिनेस थापा मगर,वडा नम्बर २ का कुमार श्रेष्ठ,वडा नम्बर ३ का निर्सन राना मगर, वडा नम्बर ४ का मृगेन्द्र लामा,वडा नम्बर ५ का बिरकृष्ण महर्जन रहेका छन । त्यस्तै, वडा नम्बर ६ का किशोर मानन्धर,वडा नम्बर ७ का शिव कुमार के सी र सुदर्शन के सी अनि वडा नम्बर ८ का बिनोद बानियाँ रहेका छन ।साथै वडा नम्बर ९ का विरकृष्ण शाही र सगरमाथा आरोही विधान श्रेष्ठ,वडा नम्बर १० का शंखरत्न महर्जन र दिपक महर्जन,वडा नम्बर ११ का बद्रीनाथ श्रेष्ठ र वडा नम्बर १२ का संजय महर्जन सम्मानित भएका हुन । त्यस्तै,वडा नम्बर १३ का रमेश बुढाथोकी, वडा नम्बर १४ का गोकुल के सी र वडा नम्बर १५ का बद्री भण्डारीलाई संघले सम्मान गरेको हो । संघले संचार माध्यम बाट नगरको कुना काप्चाको खबर संकलन गरी प्रकाशन र प्रशारण गर्दै बिकृती विसंगती बिरुद्ध बुलंन्द आवाज उठाउने चन्द्रागिरि मेट्रो डट कम , शोणितपुर खबर,चन्द्रागिरि न्युज डट कम लगायतलाई पनि सम्मान गरेको हो । चन्द्रागिरि नृत्य कलाकर्मी संघका अध्यक्ष रवि रानाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नगरको गौरव बढाउन संचारकर्मी,खेलाडी,समाजसेवीहरुको योगदान अमुल्य हुने भन्दै योगदानको कदर स्वरुप सम्मान गरिएको बताए ।

https://www.facebook.com/share/v/1BbeTAzqCs/

२०७७ सालमा दर्ता भई सक्रिय रहेको चन्द्रागिरि नृत्य कलाकर्मी संघले कलाकार,नृत्यकार,गायककार,संगितकार,चित्रकार, पत्रकार,रचनाकार, खेलाडीहरू लगायतका क्षेत्रमा लागेकाहरुका लागि सहयोग पुर्याउने कार्य गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय