काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगामा शनिबार दिउसो भएको दुर्घटनाका घाईतेहरुको अवस्था सामान्य रहेको छ ।
नागढुङ्गा चेक प्वईन्ट देखी करिव एक सय मिटर अगाडीको मुख्य सडक खण्डबाट बा ३ ख ८६२९ नम्बरकोे हाईस माईक्रोबस सडकबाट करिव १ सय मिटर तल खसेको थियो । काठमाडौंबाट चितवन जाँदै गरेको उक्त माइक्रोबसमा २१ जना सवार रहेका थिए जस्मा ११ जना नेपाली र १० जना भारतिय यात्रु रहेका थिए ।दुर्घटना पश्चात घाइते भएका २१ जना यात्रुको उद्धार गरि सशस्त्र प्रहरी अस्पताल सतुंगलमा उपचारका लागि पठाइएको हो । घाईतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । यद्धपी केहि घाइतेको चोट भने गहिरो रहेको छ ।
घाईतेहरुको नामावली तथा अवस्था
१. नुवाकोट जिल्ला,ककनी गा.प.–३ बस्ने बर्ष ४३ को अनिल तामाङ (चालक ) अवस्था सामान्य
२. सोही स्थानका बर्ष १६ को सक्षम अधिकारी को बायाँ खुट्टामा चोट घोडामा चोट
३. सोही स्थानका बर्ष ४१ सुजाता अधिकारी टाउको ,खुट्टा (शरिरको भागमा चोट ) अवस्था मध्यम
४. चितवन जिल्ला भरतपुर –११ बस्ने बर्ष २१ की एन्जीला शाह अवस्था मध्यम
५. बर्ष २४ कि सुवीदा मल्ल अवस्था सामान्य
६. चितवन जिल्ला बस्ने बर्ष ५० को ईश्वर थापा अवस्था सामान्य
७. जि. कावासोती बस्ने बर्ष ५८ को गणेश पौडेल अवस्था सामान्य
८. चितवन जिल्ला बस्ने बर्ष ४० को सन्त बहादुर थापा अवस्था सामान्य
९. चितवन जिल्ला बस्ने बर्ष २४ को सुनिल श्रेष्ठ अवस्था सामान्य
१०. चितवन जिल्ला बस्ने बर्ष २९ को प्रसान्त अधिकारी अवस्था सामान्य
११. चितवन जिल्ला नारायणगढ बस्ने बर्ष १६ को प्रयास गुरुङ अवस्था सामान्य
१२. देश भारत बिहार पटना बस्ने बर्ष २४ को रिन्कु देवि बाया हातमा चिट अवस्था सामान्य
१३. देश भारत बिहार पटना बस्ने बर्ष ४९ रवि कुमार अवस्था सामान्य
१४. देश भारत बिहार पटना बस्ने बर्ष ५ को सार्थक कुमार अवस्था सामान्य
१५. देश भारत बिहार पटना बस्ने बर्ष २ को मानबिर कुमार अवस्था सामान्य
१६. देश भारत बिहार पटना बस्ने बर्ष २८ को डब्लु कुमार अवस्था सामान्य
१७. देश भारत बिहार पटना बस्ने बर्ष १८ को राज कुमार अवस्था गम्भीर
१८. देश भारत बिहार पटना बस्ने बर्ष १६ को शिव कुमार अवस्था सामन्य
१९. देश भारत बिहार पटना बस्ने बर्ष ८ को प्रजल कुमार अवस्था सामान्य
२०. देश भारत बिहार पटना बस्ने बर्ष १४ को निश्चल कुमार अवस्था सामान्य
२१. देश भारत बिहार पटना बस्ने बर्ष २८ को रितु कुमारी अवस्था सामान्य

