काठमाडौं । चन्द्रागिरि नगरपालिका क्षेत्रमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइएको छ ।
चन्द्रागिरि नगर योग समिति,महिला पतञ्जली समिति चन्द्रागिरि र ॐ ऋषि योग साधना केन्द्रको आयोजनामा दिवस मनाइएको हो । “एक पृथ्वी एक स्वास्थ्यको लागि योग“ भन्ने मुल नाराका साथ मनाइएको योग दिवसको उद्घाटन चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठले गरेकी हुन । उनले नगरक्षेत्रमा संचालीत योग शिविर केन्द्रकालागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश उपाध्यक्ष को समेत उपस्तिथी रहेको थियो । साथै पतञ्जली योग समितिका काठमाडौं जिल्ला अध्यक्ष, उपाध्यक्ष, लगाएत जिल्ला, नगर हरुका प्रतिनिधी र चन्द्रागिरी नगर भित्रका योग केन्द्र संयोजक तथा साधक साधिका हरुको उपस्तिथि मा एघारौं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको हो ।प्रत्येक बर्ष २१ जुनका दिन मनाइने यो दिवस चन्द्रागिरि –५ स्थित त्रिशक्ति व्याङक्वेटमा मनाइएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका हुन । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय