काठमाडौं । चन्द्रागिरि नगरपालिकाले १ दिने मौसमजन्य विपद् पूर्वतयारी र प्रतिकार्य तालिम दिएको हो ।
नगरपालिकाको १ देखि १५ वटा वडाका वडास्तरीय विपद् स्वयंसेवक समुहहरुको समुह निमार्ण तथा परिचालन अन्तरर्गत तालिम दिइएको हो । तालिममा नेपाली सेनाको युद्ध कवच गण (सितापाइला) र सशस्त्र प्रहरी बलका प्रतिनिधीले प्रशिक्षण दिएका थिए । बुधबार भएको तालिममा वडा नम्बर १,२ र ३ बाट प्रतिनिधीत्व गरेका समुह निमार्ण तथा परिचालन समुहलाई तालिम दिइएको हो ।तालिममा सहभागिहरुलाई आफ्नो व्यक्तिगत सुरक्षा सामाग्री बुठ र हात्ते पन्जा नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले हस्तान्तरण गरेका हुन । नगरप्रमुख गिरीले संभावित विपद्को सामना गर्न नगरपालिकाले यि र यस्ता समुहसंग हातेमालो गर्दै क्षति न्युनिकरणमा उल्लेखनिय भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे । सिकेका शिप र तालिमलाई आवश्यक परेका बेला आ आफ्नो क्षेत्र बाट सक्रियताका साथ लाग्नुपर्ने उनको भनाई छ ।
तालिमलाई निरन्तरता दिदै १५ वटै वडाका स्वयंसेवकलाई समाहित गर्ने योजनामा नगरपालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय