काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले आर्थीक बर्ष २०८२/८३ का लागि प्रश्ताव गरेको बजेट र नगर क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको बेरुजुका बिषयमा धारण स्पष्ट पारेका हुन ।
नगरपालिकामा ,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चन्द्रागिरि नगर समितिले बजेट र बेरुजुका बिषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै गिरीले बेरुजुलाई भ्रष्ट्राचारको रुपमा व्याख्या गर्न नहुने बताए । कागजी प्रकृया र जटिलताका कारण बेरुजु देखिएको भन्दै नगरले भौतिक पूर्वाधारका बिषयलाई प्राथमिकतामा राखेर काम गर्दै जाँदाँ निति नियम,कानुन निर्माणमा पछि परेका कारण बेरुजु देखिएको बताए । आफ्नो कार्यकालमा नै ३८ करोड बेरुजुको चुनौती पन्छ्याउदै हाल २४ करोडमा पुगेको उनले स्मरण गरे ।आगामी दिनमा बेरुजु अझै घटनो उनको विश्वास छ ।
पछिल्लो समय नगरपालिकाले आर्थीक बर्ष २०८२/८३ का लागि २ अर्ब ९३ करोड को बजेट प्रश्ताव गरेसंगै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीले नगरसभा बहिष्कार समेत गरेका छन । बजेटको आकार कम हुनु पर्ने उनीहरुको माग छ । तर नगर प्रमुख गिरीले कम बजेट र कम कार्यक्रमले नेपाल सरकारको लक्ष्य समेटन नसक्ने बताए । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा गरिएका प्रतिबद्धता र दिगो बिकास लक्ष्य प्राप्तीका लागि चाहिने नियमित प्रकृयाका लागि पनि नियमित भन्दा कमको बजेट ल्याउन नसक्ने स्पष्ट पारेका हुन ।

