काठमाडौं । चन्द्रागिरि नगरपालिकाका १७ सामुदायीक बिद्यालयबाट शैक्षिक बर्ष २०८१ मा ७ सय ९९ बिद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका थिए ।
जस मध्ये ६२५ जना उतिर्ण भए भने १ सय ७४ जना बिद्यार्थी अनुतीर्ण रहे । २१ दशमलव ७७ प्रतिशत बिद्यार्थी अनुतीर्ण भएका हुन । शैक्षिक बर्ष २०८१ मा एसईईमा चण्डिभैरव मा.बि,बिद्यामन्दिर मा. बि.,प्रभात मा .बि,बलम्वु मा.बि,कंकाली मा.बि,को नतिजा खस्किएको हो ।चण्डिभैरव मा.बिबाट २५ जनाले एसईई दिएकोमा ७ जना अनुतीर्ण भएका हुन । त्यस्तै बिद्यामन्दिर मा.बि बाट ४८ जना एसईईमा सहभागि थिए त्यसमध्ये १५ जना उनुतीर्ण भए । प्रभात मा.बि बाट ६५ जनाले एसईई दिएको मा १४ जना र बलम्वु मा.बि बाट ९० जनाले एसईई दिएकोमा ६ जना अनुतीर्ण भए । शैक्षिक सत्र २०८० मा बलम्वु मा.बिले शत प्रतिशत उतीर्ण नतिजा ल्याउन सफल भएको थियो । कंकाली मा.बि बाट भने ७५ जनाले एसईई दिएकोमा १५ जना अनुतीर्ण रहे । चुनदेवी मा.बिबाट ३६ जनाले एसईई दिएकोमा २० जना अनुतीर्ण रहे ।यद्धपी यस स्कुलले गत शैक्षिक बर्ष भन्दा यस बर्ष २३ दशमलब ८६ प्रतिशत नतिजामा सुधार ल्याएको छ । भैरवनाथ मा बि बाट ६ जान एसईई मा सहभागि थिए । उक्त स्कुलले शत प्रतिशत उतीर्ण नतिजा ल्याएको हो । शैक्षिक बर्ष २०८० मा ७२ दशमलव ८५ प्रतिशत नतिजा ल्यायका चन्द्रागिरिका सामुदायीक बिद्यालयले २०८१ मा भने ७८ दशमलव २२ प्रतिशत उतीर्ण नतिजा ल्याएका हुन ।
यसरी हेर्दा नगरक्षेत्रका सामुदायीक बिद्यालयको नतिजामा ५ दशमलव ३७ प्रतिशत सुधार भएको देखिन्छ । चन्द्रागिरि नगरक्षेत्रमा नाम चलेका र राम्रो पढाई हुने भनेर चिनिएका बिद्यालयको नतिजा खस्कनु अहिलेको गम्भिर चिन्तनको बिषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय