काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा क्रियासिल रहेका सामाजिक संस्थाहरुले सुनिल खड्कालाई सम्मान गर्न लागेको हो ।
खड्काले केहि दिन अघि क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेका हुन । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को समन्वयनमा वडा क्षेत्रमा सक्रिय १४ वटा सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा बौथली चोक स्थित स्वास्थ्य चौकीमा आज शनिबार हुन लागेको रक्तदान कार्यक्रमका बिच खड्कालाई सम्मान गरिने छ । खड्काले एक मिनेटमा ३२ क्ल्याप पुल–अप पूरा गरेर नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेका हुन् । उनले २०१५ मा अमेरिकाका ब्लेक अस्टिनले राखेको ३० रिप्सको अघिल्लो रेकर्ड तोडेका हुन्। उनको लगन, परिश्रम र साहसिक कदमले चन्द्रागिरि नगरपालिकाको नाम उच्च बनाउनु का साथै अद्वितीय सफलताले युवालाई प्रेरणा प्रदान गर्ने भन्दै सम्मान गर्न लागिएको हो । गिनिज वल्र्ड रेकर्ड अनुसार, यस रेकर्डको नियम अनुसार गतिविधिभरि खुट्टा जमिनबाट बाहिर हुनुपर्छ र रेकर्ड कुलमा गणना गर्न ताली बजाउन हातका हत्केलाहरू छुनु पर्छ।
खड्काले आगामी दिनमा क्यालिस्थेनिक्स विश्व च्याम्पियनशिप जित्ने र विश्वव्यापी मञ्चमा नेपालको झण्डा उठाउने लक्ष्य राखेकाछन् ।

