काठमाडौं । चन्द्रागिरि नगरपालिकाले गत आर्थिक बर्ष २०८१/८२ मा पूंजिगत तर्फ ६२ करोड,९३ लाख रुपैयाँ खर्च गरेको छ ।
उक्त आर्थिक बर्षमा नगरपालिकाले पूंजिगत तर्फ १ अर्ब ५६ करोड,६६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।पूंजिगत तर्फ बिनियोजित बजेटको जम्मा ४० प्रतिशत मात्र खर्च भएको हो । नगरपालिकाले सडक तथा पुल निर्माणमा १९ करोड ५३ लाख,खानेपानी संरचना निमार्णमा २ करोड ५१ लाख,तटबन्ध तथा बाँध निर्माणमा १ करोड ६२ लाख रुपैयाँ खर्च गरेको हो ।त्यस्तै,मेशिनरी तथा औजारमा २ करोड ७३ लाख,विद्युतिय संरचना निर्माणमा ९७ लाख ५३ हजार,फर्निचर तथा फिक्वर्समा ५९ लाख १५ हजार रुपैयाँ खर्च गरेको हो । नगरपालिकाको आर्थिक प्रशासन शाखाले दिएको जानकारी अनुसार नगरपालिकाले २३ वटा फरक फरक शिर्षकमा बजेट खर्च गरेको हो ।

जसमध्ये वन तथा वाताबरण संरक्षण र अनुसन्धान तथा विकास सम्बन्धि कुनै खर्च हुन सकेन ।

