काठमाडौं । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ।
‘क्वाँटि’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाइन्छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।
यसका फाइदाहरू
क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ ।
यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो।
मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
यो सजिलै पाच्य हुन्छ ।
पेटमा अनावश्यक वायु बनाउँदैन ।
रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ ।
टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
पाचनशक्तिमा सुधार ल्याउँछ।
गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय