काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा चोरीको प्रयास भएको छ ।
चन्द्रागिरि नगरपालिका–६ स्थित उक्त मन्दिरमा बैशाख ९ गते बिहानीप्रहरमा चोरीको प्रयास भएको हो । तीन जनाको समुहमा आएका चोरहरुले ९ गते बिहान ००ः ०४ बजेको समयमा मन्दिरको मुल ढोकाको ताल्चा फुटाएर चोरी गर्ने प्रयास गरेको मन्दिर परिसरमा राखिएको सिसिक्यामरा फुटेजमा देखिएको छ ।
चोरी गर्ने प्रयास भएको भएता पनि कुनै सामान भने नहराएको मन्दिरका पुजारीले जानकारी दिए । महादेवको मुर्ति रहेको मुल मन्दिरको ताल्चा फुटाईएपनि मन्दिरमा रहेका मुर्ति,चाँदी तथा तामाका सामानहरु जस्ताको तस्तै रहेको उनले बताए ।
मन्दिर परिसरको सिसिक्यामराका फुटेजको आधारमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय