काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रहरी वृत्त थानकोटबाट प्रहरी प्रधान कार्यालय नक्साल सरुवा भएकी डीएसपी एलिजा गिरीलाई औपचारीक बिधाई गरेको हो ।
बिहीबार चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनमा आयोजित बिधाई कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले ‘नगर क्षेत्रमा रहदाँ यस क्षेत्रमा भएका असल अभ्यासका कृयाकलापले अन्य स्थानमा पनि सफलता मिलोस भन्दै शुभेक्क्षा व्यक्त गरे । उनले थपे यहाँको पदोन्नती सहित सफल जिवनकोलागि शुभकामना’।
डीएसपी गिरीले सुरक्षा संयन्त्रलाई बलियो र सुदृढ बनाउनका लागि नगरले खेलेको भुमिकाप्रति धन्यवाद व्यक्त गरिन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन अगाडी र पछाडीको अवस्थामा प्रहरी मनोवल किन्चीत नडग्मगाएको भन्दै उस्तै उत्साहका साथ कार्य अघि बढाउन नगरपालिकाले हरतवरबाट सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरिन ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख गिरी सहित उपप्रमुख बसन्ती श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपाली प्रवक्ता एवं चन्द्रागिरी –४ का वडाध्यक्ष कृष्ण प्रसाद खडगी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतले डीएसपी गिरीको बिधाई गरेका हुन ।

