काठमाडौं । भारतीय नम्बर प्लेटको ट्रकले ललितपुरको सानेपामा चार वटा सवारीसाधनलाई ठक्कर दिएको हो ।
ललितपुर महानगरपालिकाको सानेपास्थित सडकमा युपी ४० टी ८१६२ नम्बरको ट्रकले आइतबार दिउसो चार वटा गाडीलाई ठक्कर दिएको हो।उक्त ट्रकले बिए ५१४० नम्बरको कार, बा २ झ २६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार र बा ९ च ९३०३ नम्बरको कारलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी दुई जना घाइते छन् ।
बिए ५१४० नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ । ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय