काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।आजै,प्रसाईं पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।क्याम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै किर्ते कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो ।
प्रसाईंमाथि साइवर अपराधको पटके कसुरको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

