काठमाडौं । चन्द्रागिरि नगरपालिका –२ नागढुंगामा लागुऔषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला घर भई हाल साँखु बस्दै २२ बर्षिय आकाश लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ । बिहिबार बिहान काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बागमति प्रदेश ०१–००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाइ नागढुङ्गास्थित चेक प्वाइन्टमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन ।
लागुऔषध व्यूरो र नागढुङ्गा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागू औषधको रुपमा प्रयोग गरिने ट्रमाडोल ५ सय पिस (५० पत्ता)फेला परेपछी उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय