काठमाडौं । साबिक विजेता ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले चन्द्रागिरि नगरपालिका पाँचौं राष्ट्रपति शिल्ड प्रतियोगिता –२०८१ को उपाधी जितेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मातातीर्थमा रहेको ब्राइट होराइजन चिल्ड्रेन होमले प्रतियोगितामा १४ स्वर्ण, ८ रजत र ७ कास्य पदक सहित कुल २९ पदक जितेको हो । ब्राइट होराइजनले एथ्लेटिक्समा १४ स्वर्ण,८ रजत र ६ कास्य जित्यो साथै मार्सल आर्ट्समा एक कास्य पदक जितेको हो ।प्रतियोगितामा जेसिस स्कुलले ५ स्वर्ण, २ रजत र २ कास्य पदक सहित ९ पदक जित्दै दोश्रो र मंगलोदय माविले ४ स्वर्ण सहित कुल ११ पदक जित्दै तेस्रो स्थान प्रप्त गरे ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ४२ बिद्यालयले भाग लिएका थिए । १ हजार ७ सय ६४ खेलाडिको प्रतियोगितामा सहभागिता रहेको थियो ।भलिबल,एथलेटिक्स,कबड्डीर मार्सल आर्टसका बिभिन्न बिधामा खेल संचालन भएको थियो ।

