काठमाडौं ।दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो चैतमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को शुक्रबार बसेको ११८औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको हो । दसौं राष्ट्रिय खेलकुदमा ३५ वटा खेल समावेश हुनेछन । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने छ । खेलकुद मन्त्रीले फागुनमा गर्ने प्रस्ताव गरेपनि खेलकुद सामाग्री खरिददेखि मैदान निर्माणसम्मको विषयले चैतमा गर्न लागिएको हो ।
यसअघि प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म गर्ने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै तोकिएको मितिमा प्रतियोगिता हुन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय