काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखराका कृष्ण गुरुङ छन् । सहकारीका सञ्चालक सदस्यसमेत रहेका उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको छ ।
सूर्यदर्शन सहकारी रकम अपचलनकै आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका पूर्वसञ्चालक कुमार रम्तेल, व्यवसायी रामबहादुर खनाल, लीला पछाईलगायतमाथि कास्की प्रहरीले छानविन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय