काठमाडौं ।सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्।
हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो ।कर्तव्य ज्यान मुद्दामा साहलाई नियन्त्रणमा लिएको प्रहरीले जवानकारी दिएको छ ।डाक्नेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि लागेको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा डाक्नेश्वरीको वडा नं. १ को वडाध्यक्षमा जसपा नेपालबाट साह ६५२ मतसहित निर्वाचित भएका थिए ।

