काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ पुगेर पूजा गरेका छन् ।
स्वयम्भूमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेका छन् । बौद्धनाथमा पूजा गरिसकेपछि उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्किने कार्यक्रम छ ।निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आएका भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी थिइन् ।
भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय