काठमाडौं । त्रिभुवन राजपथ अन्तर्रगत चन्द्रागिरि नगरपालिकाको तिनथाना देखि नागढुंगा सडक खण्डमा अहिले धुलोले बसिखेप्नु छैन ।
उक्त सडक खण्डमा मर्मत गर्ने बहानामा सडकका बिभिन्न भागमा माटो सहितको ग्राईभेल बिच्छाइएको छ । मुलतःथानकोट चोक,चोकपोष्ट क्षेत्र,गुरुजुधारा चोक,सतुंगत चोक,नैकाप चोक लगाएतका स्थान धुलोले आक्रान्त बनेका छन । चन्द्रागिरि नगरपालिकाको तिनथाना देखि नागढुंगा सम्मको मुख्य राजमार्गको फुटपाथ तथा सडक मर्मतको कार्यको बहानामा माटो सहितको ग्राइभेल बिच्छाइएको र सवारिसाधनको ओहोर दोहोरले धुलो उडेको हो ।अत्याधिक मात्रामा उडेको धुलोले स्थानियको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ । सरकारी कामकाजको समय (बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र)मा मात्र हुने मर्मत भइरहेको छ ।बाटोमा सवारी साधनको अत्याधिक चाप हुने समयमा मात्रै भएको मर्मतले यस सडक खण्डमा दैनिक जामको समस्या बढदै गएको छ ।
सडक मर्मतको छिटो भन्दा छिटो सक्नु पर्ने र सवारी साधनको चाप कमहुने रातीको समयमा मर्मत कार्य गर्नुपर्नेमा सरोकारवाला निकायको ध्यान जानु जरुरी देखिन्छ ।

