काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक बस्ने बर्ष ५४का बुद्धिबहादुर पुलामी सदा झै मंसिर २४ गते सोमबार बिहान ७ बजे कामको लागि घरबाट निस्कन्छन ।
पुलामी चन्द्रागिरि –१० सतुंगलमा संचालित नवल श्रेष्ठ इन्टरप्राईजेजमा झण्डै २ दशक अघिदेखि काम गर्दै आएका थिए ।पुलामी,उक्त इन्टरप्राइजेजको सिमेन्ट गोदाममा सामान ओसार पसार गर्ने ट्रक्याटर चलाउथे ।उनी माईला नामबाट चिनिन्थे ।पुलामी सोमबार घर गएनन ।घर पुग्ने समयमा उनी नपुगेपछि परिवारजनले खोज तलास गर्यो,फेला परेनन ।परिवारजनले २०८१ मंसिर २५ गते राती करिव साढे १ बजे सम्म पनि फेला नपारेपछि गोदाम संचालक नवल श्रेष्ठलाई खबर गरि रातीनै गोदाम पुग्छन । गोदामको बाहिरी ढोकामा ताल्चा लगाइएको थियो । शंकालागि उनीहरुले ताल्चा काट्छन र गोदाम भित्र प्रवेश गर्छन । गोदाम भित्र सिमेन्ट राखेको कोठामा पुलामीलाई ३/४ वटा सिमेन्टको बोराले थिचेको,दाँया आखाँमा चोट लागेको,नाक,कान मुख र आँखाबाट रगत बगेको,खुट्टामा समेत चोट लागि रगत बगेको र घाँटी तिघ्राका भागमा निलडाम भई बेहोश अवस्थामा फेला परेको परिवारजनको भनाई छ ।उनलाई उद्दार गरि उपचारका लागि एपिएफ अस्पताल बलम्वुमा लगिन्छ ।अन्तत चिकित्सकले उनलाई मंसिर २५ गते बिहान साढे ४ बजे मृत घोषणा गर्छन ।तत पश्चातमात्र प्रहरीलाई खबर गरिन्छ ।
प्रहरी अस्पताल पुग्छ ।घटनास्थलको जाँचबुझ गर्छ र शवलाई पोष्टमार्टमकालागि त्रिबि शिक्षण अस्पताल महाराजगंज पुर्याउछ ।घटना शंकास्पद भएको भन्दै परिवारजनले सत्यतथ्य पत्ता लगाउन प्रहरीकोमा जाहेरी दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय