काठमाडौं । चन्द्रागिरिकी चेली प्रतिभा मालीलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ ।
महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसर पारेर मालीलाई सम्मान गरेको हो । महानगरद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थितीमा चन्द्रागिरि निवासी भलिबल खेलाडि प्रतिभा मालीलाई नगद एक लाख पचास हजार सहित सम्मान गरिएको हो ।
माली संगै चित्रकार किरण मानन्धर, लोकगायन क्षेत्रबाट कुमार बस्नेत, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दर,खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय