काठमाडौं । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अनियन्त्रित भई जिप पल्टिँदा बुटवल–१२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।
पुल क्रस गरिसकेपछिको मोडमा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

