काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित वडा कार्यालय अगाडिको पार्कमा आइतबार प्रदर्शनी गरिएको हो ।
अन्तराष्ट्रिय गैर सरकारी संस्था युएनओपीएसले प्रदर्शनीको आयोजना गरेको हो । चन्द्रागिरि ८ कञ्चन बस्तीमा बन्न लागेको पार्कको साथै अन्य स्थानमा बन्ने पार्क डिजाइन प्रदर्शनीमा राखिएको छ । सोमबार सम्म चल्ने प्रदर्शनीमा आगन्तुक हरुको सल्लाह र सुझावको अपेक्षा वडा कार्यालयले गरेको छ । वडा नम्बर ८ मा प्रशस्तै खुल्ला ठाउ रहेको र ती स्थानहरुमा बन्न सक्ने पार्कमा के–कस्ता संरचना बनाउदा अझै जनमुखी र सेवागा्रही मैत्री पार्क बन्न सक्छ भन्ने सुझाव संकलन गरिनेछ ।
खुल्ला स्थानमा बन्न सक्ने पार्कलाई समावेशी,महिला,जेष्ठ नागरिक,बालबालिका मैत्री बनाउन बिबिध कोणबाट डिजाईन गरिएको आयोजक संस्थाका प्रतिनिधीले बताए । ति बाहेकका अन्य बैकल्पिक योजना पनि हुन सक्ने भन्दै प्रदर्शनी गरिएको र हेरेर प्रतिक्रिया दिन नागरिक समाजलाई आग्रह गरे । युएनओपीएसले चन्द्रागिरि सहित सुनवल,तानसेन,धनगढी र विरेन्द्रनगर नगरपालिकामा प्रोजेक्ट संचालन गरिरहेको छ ।संस्थाले केहि महिना अघि अन्तराष्ट्रिय डिजाईन प्रतियोगिता गरेको थियो । ४३ वटा डिजाइन फर्महरुले भाग लिएको र ति मध्य ५ वटा नगरपालिकाका १० उत्कृष्ठ डिजाइनलाई प्रदर्शनीमा राखिएको छ ।कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई डिजाईन हस्तान्तरण गरिएको थियो ।
नगर प्रमुख गिरीले पूर्व तयारी र सरोकारवाला बिचको छलफलबाट आउने परिणाम सुखद हुने भन्दै पार्कको डिजाइन प्रदर्शनीले सरोकारवालाहरुको माग सम्बोधन गर्न सहयोग पुग्ने बताए । उनले भने –कतिपय योजनाहरु कोठाबाट बन्ने गरेको र कार्यान्वयन पक्षमा जाँदा किचलो हुने र बिवाद आउने गरेको अवस्थामा यस्ता प्रदर्शनी उपयोगी सार्थक हुनेछ । अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले चन्द्रागिरि नगरक्षेत्रमा सकारात्मक कार्य गरेको र अब बन्न लागेको पार्क विवाद रहित र समयमै सम्पन्न गर्न सके अन्तराष्ट्रिय दातृ निकायबाट थप सहयोग हुने उनको अपेक्षा छ ।
अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले चन्द्रागिरि नगरपालिकामा यस आर्थिक बर्षमा ३ लाख डलर बराबरको सहयोग गर्नेछन ।चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले खुल्ला स्थानको संरक्षण गर्न वडाबासीलाई आग्रह गरिन ।उनले आफ्नो बिदेश भ्रमणको अनुभव सुनाउदै पार्कलाई खुल्ला राख्न,पार्कमा फलफुलको बिरुवा रोप्न र बाल मैत्री,अपांङ्ग मैत्री महिला मैत्री बनाउन सुझाव दिइन ।
व्यक्तिगत अतिक्रमणमा परेको उक्त जग्गालाई सार्वजनिक जग्गामा रुपान्तरण गरि पार्क बनाउने अवस्था सम्म पुर्याउन निक्कै सकस बेहेर्नु परेको वडा नम्बर ८ का वडाध्यक्ष प्रल्हाद रिजालले बताए ।पार्क निमार्णको महत्व हुदै गर्दा व्यबस्थापन भने निक्कै खर्चिलो हुने गरेको बताउदै वडाध्यक्ष रिजालले पार्क निर्माण गरिदिने संस्थालाई व्यबस्थापनमा सहयोग गर्न आग्रह गरे ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ कञ्चन बस्तीमा करिव साढे ५ रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा पार्क बन्ने छ ।प्रदर्शनीमा कञ्चन् बस्तीमा बन्ने आरोग्य पार्कको ८ वटा डिजाइन समावेश गरिएको छ ।

