काठमाडौं । चन्द्रागिरिको चर्चित सांगीतिक समुह “लु निभा ब्याण्ड”ले क्यान्सर पीडितलाई आर्थीक सहयोग गरेको छ ।
चन्द्रागिरि –१२ बलम्वु निवासी क्यान्सर रोग पिडित २७ बर्षिय अञ्जली श्रेष्ठलाई “लु निभा ब्याण्ड”ले सहयोग गरेको हो । मध्यम आय भएको परिवारकी सदस्य श्रेष्ठ बिगत ५ बर्षदेखि क्यान्सर रोगसंग जुध्दै आएकी छन । महँगो उपचारले तनाव युक्त अबस्थामा रोग संग जुधm्नु परेको बाध्यतालाई बुझेर च्यारिटी सांगीतिक प्रस्तुतिबाट उठेको रकम ब्याण्ड सदस्यले श्रेष्ठको निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन ।पाँच बर्ष अघि अञ्जलीले B.sc अध्ययन सकेर शिक्षण अस्पताल, महाराजगन्जबाट नर्सिङ पेशामा अवद्ध भइन ।सोही बर्ष उनमा क्यान्सर रोग लागेको पहिचान भयो । उनलाई परिवारले दर्जनौंपटक किमो थेरापी गराई सकेको छ । उपचारमा सहजता र बिरामीमा अत्मबल बढाउने उद्देश्यले “लु निभा ब्याण्ड”का सदस्यहरु अंताज नकर्मी,हिरक सुवाल,रोहित महर्जन,सौरभ नकर्मी,अनेश महर्जन लगायत कलाकारहरुले चन्द्रागिरि नगरपालिकाका सबै वडामा च्यारिटी सांगीतिक कार्यक्रम गरेर अर्थ संकलन गरि सहयोग गर्ने योजना बनाएको हो ।त्यसोत यः मरि पुन्हीको दिन बलम्बुमा भएको सहयोगार्थ सांगीतिक कार्यक्रमको सामाजिक संजालबाट समाचार पाएर बिभिन्न ब्यक्तिहरुले सहयोगको बचन समेत दिइसकेका छन ।
सबैको सहयोग र हौसला पाएमा बिरामीमा रोग प्रतिरोधात्मक क्षमताको अभिबृद्धिका साथै थप आत्मबिश्वास बढने छ ।

