काठमाडौं । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँ पालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको हो ।निजी विद्यालयको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शाहीको घटनास्थलमै मृत्यु भएको थियो ।
आक्रोशित स्थानीयले अहिले पूर्व पश्चिम राजमार्गको लमही भालुवाङ सडकखण्ड अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय