काठमाडौं । कपिलवस्तुमा बसेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठकले प्रचण्डको कारण माओवादीसँगको एकतामा ढिलाइ हुन पुगेको निष्कर्ष निकालेको हो ।
तत्काल माओवादी–नेकपा एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । एकताका लागि माहौल नभए आफ्नोतर्फबाट थप पहल नगर्ने नेकपाले निष्कर्ष निकालेको छ ।
यस्तै बैठकले माघ ५ गतेदेखि एक महिने पूर्वदेखि पश्चिमसम्म जनपरिचालन अभियान चलाउने, दल निर्वाचन आयोगमा दर्ता गर्ने, पार्टीलाई उत्पादनमा लगाउनेलगायतका निर्णय गरेको छ ।

