काठमाडौं । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास भएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पुलको शिलान्यास गरेका हुन्।भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर निर्माण गर्न लागिएको पुलको निर्माण गर्न लागिएको हो ।
२०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा श्री गीता कन्स्ट्रक्सनले पाएको छ । पुल निर्माणको लागत २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँ रहेको छ ।पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय