काठमाडौं । नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी स्वरुप उक्त रकम संकलन भएको हो । भेटी संकलन गरि गणना सम्पन्न हुँदा यस वर्ष धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा भक्तजनले चढाएको तथा दान गरेको आठ लाख ६४ हजार दुई सय १२ रुपैयाँ भेटी संकलन भएको हो ।
पशुपतिनाथको पर्यायको रुपमा नुवाकोटमा रहेको दुप्चेश्वर महादेव मन्दिरलाई पुजिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय