काठमाडौं । सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे र कुलेखानी–फाखेल–मातातीर्थ सडकमा सडक स्तरोन्नतिका कार्य भइरहेकोले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक लगायतका वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय