काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित चन्द्रागिरि प्राथमिक अस्पताललाई भेन्टिलेटर मेसिन हस्तान्तरण भएको हो ।
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले एक थान भेन्टिलेटर मेसिन चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई बिहिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन । मेसिन हस्तान्तरण गर्दै मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालको स्तरउन्नतीकालागि प्रतिबद्धता जनाए ।उनले प्राथमिक अस्पताल परिसरमा बन्दै गरेको १५ सैयाको नगर अस्पताल र निकट भविष्यमा जर्मन सरकारको सहयोगमा निर्माण हुन लागेको भनिएको परोपकार प्रसुती अस्पतालको बारेमा चासो राखेका थिए ।चन्द्रगिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले २४ सै घण्टा आकस्मिक सेवा सहित नगरपालिकाबाट संचालन भएको देशकै पहिलो यस अस्पतालबाट नगरबासीका साथै धादिङ,मकवानपुर साथै देशै भरिका नागरिकले सेवा लिन सक्ने बताए । उनले अस्पतालको स्तरोन्नति तथा संचालनका लागि बागमती प्रदेश सरकारको सहयोग अपेक्षा गरेका थिए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एबं चन्द्रागिरि–४का वडाध्यक्ष कृष्णप्रसाद खडगीले संचालीत अस्पताललाई प्रदेशसरकारले उपेक्षा गर्दै गएको गुनासो गर्दै आगामी दिनमा त्यसो नगर्न र संघिय राजधानी काठमाडौं जोडने हेटौंडा–कुलेखानी –चित्लाङ्ग–थानकोट सडक लाई बिशेष प्रथमिकतामा राख्न मुख्यमन्त्रीलाई आग्रह गरे ।मुख्यमन्त्री लामाले अस्पतालबाट दिइएको सेवा सुबिधाको निरिक्षण समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय