काठमाडौं । फ्रेन्डस सोसियल युनिटीको प्रथम वार्षिक साधारण सभा समपन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको एक ब्याङ्केटमा शनिबार आयोजित युनिटीको प्रथम वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बन तथा वाताबरण संघिय मन्त्री ऐन बहादुर शाहीले युनिटीले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै सरकार र आफ्नो ब्यक्तिगत तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।सचेत नागरिकले सामाजिक कार्यका माध्यमबाट पनि समाजमा सहयोग गर्नसकिने,बिकास गर्न सकिने उदाहरणको रुपमा युनिटीले कार्य गरेको भन्दै उनले प्रशंसा गरे । कार्यक्रममा बागमती प्रदेश,पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सांसद रमा आले मगरले सामाजिक संस्थालाई गतिशिल बनाउनुपर्नेमा जोड दिइन । तिनै तहका सरकारले बनाएका निति,बिकास निमार्णका कार्यमा सामाजिक संस्थाहरुले समन्वयन गर्नु पर्ने उनको भनाई थियो । बागमती प्रदेश सांसद बिन्दु श्रेष्ठले साधारण सभाको सफलताको शुभकामना दिइन ।युनिटीले गर्दै आएको सरसफाई,रत्तदान,जेष्ठनागरिक सेवा लगायतका कार्यमा बिभिन्न किसिमले सहयोग गर्ने दाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
साधारण सभाले गोविन्द कार्की अध्यक्ष,श्यामकृष्ण मानन्धर उपाध्यक्ष,सचिव अनिता के सी,सह सचिव सुनिता मगर,कोषाध्यक्ष तिर्थराज महत र ४ जना मनोनित सहित १७ सदस्य रहेको कार्य समिति चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय