काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहिबार राती निधन भएको छ ।
कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ । ९२ वर्षिय सिंहको निधमा नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन ।
सामाजिक संजालमा ओलीले लेखेका छन –मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भमित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय