काठमाडौं । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा गएराति भीषण आगलागी भएको छ ।
आगलागीका कारण लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् ।आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएपनि लाखौँको नोक्सानी पुगिसकेको अनुमान गरिएको छ ।

