काठमाडौं । मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
सोमवार घाँस दाउराका लागि जङ्गल गएकी चन्द्रकला साँझसम्म घर नआएको र मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले उनलाई खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए । लिम्बुको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कृष्ण खत्रीले बताए । घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने वन कार्यालय र सुरक्षा निकायले हात्तीलाई नियन्त्रणमा लिन पहल गरिरहेको जनाइएको छ।
यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगर( श्रेष्ठ)को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

