काठमाडौं । झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं आउदै गरेको बसले इलेक्ट्रिक साइकलमा ठक्कर दिएको हो । बसको ठक्करबाट साइकलमा सवार कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
ठक्कर दिने प्र. १– ०१ – ००१ ख ४३३१ नम्बरको रात्रिबसमा तोडफोड गरे संगै स्थिति तनावपूर्ण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय