काठमाडौं । आ.व. २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा चन्द्रागिरि नगरपालिकाले ८० दशमलव ५० अंक प्राप्त गरेको हो ।नगरपालिकाले संगठन तथा प्रशासन तर्फ ६ अंक ,बार्षीक बजेट योजना तथा तर्जुमा व्यवस्थापनमा ७ . ५० शासकिय प्रवन्धमा ८,वित्तीय एवं आर्थीक व्यवस्थापनमा ९.५०,भौतिक पूर्वाधारमा ८.५०,सेवा प्रवाहमा १२, सहकार्य र समन्वयमा ५.५०,न्यायिक कार्यसम्पादनमा ७ अंक प्रप्त गरेको हो । त्यस्तै सामाजिक समाबेशिकरणमा ८ र वातावरण संरक्षण तथा विपद व्यवस्थापन ८.५० अंक प्राप्त गरेको हो ।

१० वटा विभिन्न विषयगत क्षेत्रका १०० वटा सूचकहरूमा गरियको कामको मुल्याङ्कनको आधारमा अंक प्राप्त हुन्छ ।लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरू रहेका छन् । यी विषयगत क्षेत्रहरूको ३ वटा आयाम र १०० वटा सूचकहरूको मूल्याङ्कनका आधारमा अंक प्रदान गरिन्छ । स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्याङ्कनका विषयगत क्षेत्रहरू सामाजिक समावेशीकरण, शासकीय प्रबन्ध, सेवा प्रवाह, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन लगायतको प्रतिनिधित्व गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा देशभरका ७५३ स्थानीय तहमध्ये ७१४ स्थानीय तह यो मूल्याङ्कन प्रक्रियामा सहभागी भएका थिए ।धादिङ्गको नीलकण्ठ नगरपालिकातर्फ प्रथम बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय