काठमाडौं । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको थानकोट प्रहरी बृत्तको नयाँ भवनको आज उद्घाटन भएको हो ।
कुल ६ करोड ७१ लाख ३४ हजार ९ सय २० रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।भवन निर्माणका लागि किरातेश्वर बिल्डिङ्ग कन्स्ट्रक्सन प्रालिसंग २०७७ जेट २९ गते सम्झौता भएको थियो । २०८२ असार २० गते निर्माण सम्पन्न भएको भवनको प्रहरी अत्तिरिक्त महानिरिक्षक टेक बहादुर तामाङ्गले उद्घाटन गरेका हुन ।
यस अघि त्रिभुवन पार्क परिसरबाट प्रहरीले सेवा प्रदान गर्दै आएको थियो ।नयाँ भवनबाट सेवा थप चुस्त दुरुस्त रहने विश्वास ब्यक्त गरिएको छ ।

