काठमाडौं ।चन्द्रागिरि नगरपालिका क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको छ ।
नगर क्षेत्रको वडा नम्बर १, २, ३, ४, ७, र ८ का पहाडी इलाकाहरूमा पहिरोको जोखिम उच्च रहेको हो । बिगत ३ दशकलाई हेर्दा चन्द्रागिरि नगर क्षेत्रमा पहिरोका कारण ७३ जनाले ज्यान गुमायका छन भने सयौ परिवार प्रभावित भएका छन । वडागत रुपमा हेर्दा चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मसिने क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । यस क्षेत्रमा २०५८ सालमा झ्याप्ले खोलामा पहिरो जादाँ ९ जनाको ज्यान गयको थियो । २०७५ सालमा मसिने क्षेत्रमा गएको पहिरोमा परि १ जनाको ज्यान गएको थियो भने २ जना घाईते भएका थिए । त्यस्तै २०८० सालमा १ जनाको निधन तथा ३ जना घाइते भएका थिए भने ,२०८१ सालमा मसिने क्षेत्रमा नै पहिरोमा परि २ जनाको मृत्यु भएको थियो २ जना घाईते भएका थिए ।वडा नम्बर २ झ्याप्ले खोलामा २०८१ असोज १२ गतेको पहिरोमा परि ३५ जनाले ज्यान गुमायका थिए ।सोहि दिन मसिने क्षेत्रमा गएको पहिरोले २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । २०५८ सालमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ वाँझाचौरमा पहिरोमा परि १६ जनाको निधन भएको थियो ।
तालिकामा हेर्नुहोस वडागत पहिरोका कारण भएको क्षति

चन्द्रागिरि नगरपालिकाको पहिरो जोखिमको विश्लेषण गर्दछ । यसमा सम्भावित पहिरो क्षेत्र (Potential Landslides) र पहिरो गइसकेका क्षेत्रहरू (Landslide Areas) लाई देखाइएको छ । नक्साले पहिराको जाखिमलाई चार स्तरमा वर्गीकरण गरेको छ । उच्च (High), मध्यम (Medium), न्यून (Low), र जोखिम नभएको (No Risk) नक्सा हेर्दा स्पष्ट हुन्छ कि पहिरोको उच्च र मध्यम जोखिम विशेषगरी नगरपालिकाको उत्तरी र दक्षिणी भेगमा रहेका डाँडाकाँडा र भिरालो भू-भागमा छ ।
नगरपालिकाले पहिरो नियन्त्रणका लागि सेरवाल,रिटेनिङ्ग वाल,सेर वाल,मेशिनरिवाल,ग्याविङ्ग जाली,बायो इन्जिनियरिङ्ग,बृक्षरोपण नाला सुधार लगायतका कार्य गर्दै आएको भएपनि पर्याप्त हुन भने सकेको छैन ।अहिले पनि पहिरो जोखिम भएका स्थानमा पानी नपसोस भनेर त्रिपाल ओडाएर राख्ने बाहेक अन्य दिर्घकालिन रोकथामका कार्य हुन सकेको छैन ।

