काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा बसेको बैठकले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । बिहीबारबाटनै बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई मन्त्री गुरुङले निर्देशन दिइएका थिए । फेसबूक, ट्वीटर र युट्युबलगायत झण्डै २ दर्जन सामाजिक सञ्जाल बन्द भएका छन ।

‘सर्वोच्चको परमादेश, मन्त्रिपरिषद्को निर्णय र दर्ता गर्नका लागि पटक–पटक गरिएको आग्रह अस्वीकार गरेपछि बन्द गर्ने निर्णयमा पुगेको मन्त्री गुरुङले बताइरहदा हामीले सोधेका थियौं बन्द हुने सामाजिक सञ्जाल कहिले खुल्छ ? सञ्चारमन्त्री गुरुङले भने ‘सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय