काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँनैकापलाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।
प्रबिधिक समस्या नआएमा आउदो भदौ २८ गते एक औपचारीक कार्यक्रमका बिच वडालाई बालमैत्री घोषणा गरिने चन्द्रागिरि नगरपालिका वडा नम्बर १४का वडाध्यक्ष राजभाई महर्जनले जानकारी दिए ।
विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै वडा नम्बर १४ लाइ बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागिएको हो ।शुक्रबार जिल्ला समन्वय समिति काठमाडौंका अधिकारीहरुले वडाको स्थलगत अनुगमन गरेका हुन ।

उनीहरुले बालमैत्री वडा घोषणाका लागि आवश्यक पूर्वाधारको अवस्था,बाल क्लव गठनको प्रकृया,बाल मैत्री खेलकुद स्थल,स्कुल,प्रहरी कार्यालय लगायतका स्थानमा बालमैत्री अवस्थामा बनेका संरचना लगायतको अनुगमन गरेका हुन ।

बाल बचाउ अधिकारका १४सुचक,बाल विकास अधिकारका ६ सुचक,संस्थागत विकासका १५ सुचक,बालसंरक्षण अधिकारका १० सुचक,बाल सहभागिताको अधिकारका ६ सुचक गरि कुल ५१ सुचक पुरा गर्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँ नैकाप,चन्द्रागिरि नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा हुन लागेको हो ।

