काठमाडौं ।दोश्रो चन्द्रागिरि औद्योगिक सास्कृतिक,पर्यटन तथा व्यापार महोत्सव २०८२ यहि भदौ २६ गते देखि हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातिर्थ फुटबल मैदानमा महोत्सव हुन लागेको हो । मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा हुन लागेको महोत्सवको सह आयोजक औद्योगिक शान्ति नेपाल संस्था रहेको छ । महोत्सवमा अटोमोवाइल,लत्ताकपडा,खाद्य्यान्न,लगायतका एक सय स्टल रहने आयोजक मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्ता उदासले आज भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन ।
https://www.facebook.com/share/v/1FSb9afkxg/
त्यस्तै महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती,फेशन तथा नृत्य,एशियाकै उत्कृष्ट बाल उद्यान,रोटेपिङ्ग ,ब्रेक डान्स,रेल,मस्ति मारुती सर्कस लगायतका कार्यक्रम रहने सहआयोजक औद्योगिक शान्ति नेपाल संस्थाका सचिव जिवन नेपालले जानकारी दिए । महोत्सवमा प्रवेश निःशुल्क भनिएपनि विशेष साङुगीतीक कार्यक्रम असोज ३,४,६,१० र ११ गते भने शुल्क लिइने आयोजकले बताएको हो । महोत्सव असोज ११ गते सम्म हुनेछ ।

